News Griha :: न्यूजगृह
सेनाद्वारा लेखरचनाको आह्वान 
फाइल तस्बिर ।

काठमाडौं— नेपाली सेनाले खुला सामरिक लेखरचना प्रतियोगिताका लागि लेखरचनाको आह्वान गरेको छ ।

सेनाले हरेक वर्ष युनिटी जर्नलमा खुला प्रतिस्पर्धा गरी लेख रचना प्रकाशन गर्दै आएको छ । यस वर्ष पनि सेना दिवसको अवसरमा खुला सामरिक लेखरचना प्रतियोगिता–२०८० सञ्चालन गर्न लागेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

२८ असारमा लेख रचनाको आवेदन पेस गर्ने, ४ साउनमा शीर्षकहरूको मोडुलेसन गरी लेखकहरूलाई जानकारी गराइने र ८ मङ्सिरमा लेख रचना प्राप्त गरी सङ्कलन गर्ने सेनाको योजना छ । 

यस्तै, प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख, द्वितीय हुनेलाई एक लाख ५० हजार र तृतीय हुनेलाई एक लाख पुरस्कार राखिएको छ । सान्त्वना स्वरूप प्रति व्यक्ति १० हजारसमेत दिने व्यवस्था छ ।

प्रतियोगिताबारे थप जानकारी लिन टेलिफोन नं. ०१–५९७९०५७ मा सम्पर्क गर्न सकिने सेनाले जनाएको छ ।  

सूचना परिशिष्ट क (1)1684238655.jpeg

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १७:४८
Weather Update