News Griha :: न्यूजगृह
ट्रेड युनियन र अखिल क्रान्तिकारीको नाममा चन्दा असुल्ने २ जना पक्राउ 

काठमाडौं— अवैध रुपमा चन्दा उठाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राऊ गरेको छ ।

पक्राउ पर्नेमा बैतडी घर भई ललितपुर चाँगाथली बस्ने ४२ वर्षीय अमृत कार्की र सल्यान घर भई काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीय धनबहादुर चन्द छन् ।

प्रहरीका अनुसार कार्कीले अखिल नेपाल ट्रेड युनियन मजदुर संघको केन्द्रीय सदस्य र चन्दले अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य बताउँदै चन्दा उठाउँथे ।

उनीहरूले काठमाडौंका विभिन्न विद्यालय, कलेज, कम्पनी, व्यापारी, उद्योग, कलकारखाना, बैङ्क्वेट लगायतबाट चन्दा लिएको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले बताए । १ जेठमा काठमाडौंको लैनचौर बाट पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको एसपी रिजालले बताए  । 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १४:५९
Weather Update