१४१ केजी गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सा— वीरगञ्जको सीमा क्षेत्रबाट लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका– १६ बाट एक सय ४१ केजी गाँजासहित प्रहरीले भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर घर भएका २७ वर्षीय ओमप्रकाश सिंहलाई पक्राउ गरेको हो ।
भारतीय नम्बरको मिनि ट्रकमा गाँजा लुकाइ भारततर्फ लैजाँदै गएको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ ११:४७