News Griha :: न्यूजगृह
५ डीआईजी एआईजीमा बढुवा 

काठमाडौं — सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजी बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । प्रहरीमा ३० वर्षे सेवा अवधि कायमै रहे अहिले बढुवा भएका ५ जना एआईजीमध्येबाट भावी नेतृत्व चयन हुनेछ ।

भावी प्रहरी महानिरीक्षक (आइजीपी) चयन हुनु १५ दिन अघि सरकारले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

अहिलेका आइजीपी धीरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जाँदैछन् । तर, उनले आफ्नो पदावधि थप्न प्रहरीमा ३० वर्षीय सेवा अवधि हटाउन लागिपरेका छन् ।  

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ११:०२
Weather Update