शरणार्थी प्रकरण
प्रहरीले छाड्यो आङटावालाई तारेखमा

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न मध्येका आङटावा शेर्पालाई प्रहरी तारेखमा छाडेको छ ।
आङटावा सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा आत्मसमपर्ण गर्न पुगेका थिए । आङटावाविरुद्ध हिरासतमा राख्नु पर्ने बलियो प्रमाण फेला नपरेपछि प्रहरीले उनलाई तारेखमा छाडेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले उनी विरुद्ध पक्राउ पुर्जी पनि जारी नभएको र हिरासतमा राख्नु पर्ने बलियो प्रमाण पनि नभएको हुँदा तारेखमा छाडिएको बताए ।
उनले भने,‘आङटावा हामी कहाँ आएका थिए । हामीले उनी विरुद्धको कागजात हेर्यौं । उनी विरुद्ध पक्राउ पुर्जी पनि जारी भएको थिएन । र, हिरासतमै राख्नु पर्ने बलियो प्रमाण पनि फेला परेन । त्यसो हुँदा उनलाई तारेखमा छाडिएको हो ।’
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० ०९:११