रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ

काठमाडौं— प्रहरीले रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोमानिया पठाइदिन्छु भनी १८ लाख रुपैयाँ ठगी गर्ने बाग्लुङ घर भई हाल काठमाडौंको टोखा बस्ने ३४ वर्षीय विशाल विश्वकर्मालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
विभिन्न व्यक्तिसँग रकम ठगी गरेको उजुरीको आधारमा विश्वकर्मालाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकृत रवीन्द्र रेग्मीले जानकारी दिए ।
विश्वकर्माले आठ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै पीडितबाट प्रतिव्यक्ति पाँच लाख ५० हजारका दरले रकम उठाएर सम्पर्कविहीन भएका थिए ।
उनलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० ०६:००













