News Griha :: न्यूजगृह
शरणार्थी प्रकरण : पूर्वसभासद आङटावा शेर्पा प्रहरीको शरणमा

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा सोमबार प्रहरीको शरणमा परेका छन् ।

एक प्रहरी अधिकारीका अनुसार शेर्पा जिल्ला प्रहरी परिसर काठमाडौं कार्यालयमा पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत १३ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १९:३२
Weather Update