News Griha :: न्यूजगृह
पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक पक्राउ

मोरङ— पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुन्दरहरैंचा नगरपालिका विराट चोकस्थित दुई वटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल सोमबार पक्राउ परेका हुन् ।

सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन प्रा.लि.का एकाउण्टेण्ट रमेश आचार्यको नबिल बैंकमा रहेको खाताबाट विभिन्न समयमा २८ हजार तथा आचार्यका काका ओमनाथ आचार्यको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट विभिन्न मितिमा ६६ हजार रुपैयाँ निकालेको उजुरी परेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १९:२०
Weather Update