News Griha :: न्यूजगृह
बाग्मती प्रदेश सभाको बैठक आह्वान

काठमाडौं— बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बाग्मती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश सभाको १२औं अधिवेशन बैठक ९ जेठ अपराह्न १ बजे बस्ने गरी सोमबार आह्वान गरेका छन् ।

बाग्मती मन्त्रिपरिषद्को आइतबार बसेको बैठकबाट सिफारिस भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संवैधानिक प्रक्रिया पूरा गरी बैठक आह्वान गरेको प्रदेश प्रमुख शर्माको प्रेस संयोजक शिवप्रसाद चौलागाईंले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १७:२७
Weather Update