नियमावली संशोधन मस्यौदा समिति गठन

काठमाडौं— संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसद देवेन्द्र पौडेलले पेश गरेको सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
१६ सदस्यीय सो मस्यौदा समितिमा अनिता देवी, जीवन परियार, ध्रुवबहादुर प्रधान, नागिना यादव, पूर्णबहादुर घर्ती, महेशकुमार बर्तौंला, मेटमणि चौधरी, रञ्जुकुमारी झा, रमेश लेखक, रामहरि खतिवडा, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सरिता प्रसाईं, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम र हितराज पाण्डे रहेका छन् ।
सो मस्यौदा समितिलाई कार्य सम्पादनका लागि ७ दिनको समय दिइएको छ । समितिले मस्यौदा तयार पार्नका लागि विज्ञहरूको समेत सुझाव लिन सक्ने कार्यादेश दिइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० १६:५२