News Griha :: न्यूजगृह
रायमाझी पक्राउ परेको सूचना संसदलाई जानकारी 

काठमाडौं— सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधि सभा बैठकमा सुनाएका छन् ।

रायमाझी आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका थिए ।

सभामुख देवराज घिमिरेले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा रायमाझीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ३१ वैशाखकाे राति ८ः२५ बजे बुढानीलकण्ठबाट पक्राउ गरेर हिरासतमा राखेको संसद्लाई जानकारी गराए ।

रायमाझी पक्राउ परेको सूचना जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार संसद् सचिवालयलाई जानकारी गराएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १६:४४
Weather Update