बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं— प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट घर भई भक्तपुर ठिमी बस्ने २३ वर्षीय उत्तरमान गोले छन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १३ मङ्सिर २०७९ मा गोलेलाई दोषी ठहर गर्दै ४ लाख ६० हजार रुपैयाँ जरिवाना र २ दिन कैद सजाय तोकेको थियो ।
२१ वैशाखमा भक्तपुरको लोकन्थलीबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० १२:४५