नक्कली शरणार्थी प्रकरण
बयानका लागि बालकृष्ण खाणलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं— नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका खाणलाई बयान गराउन प्रहरीले केहीबेरअघि सरकारी वकिल कार्यालयमा लगेको हो।
उक्त प्रकरणमा पक्राउ परेका खाणसहित १२ जनालाई शनिबारदेखि लागू हुने गरी आइतबार थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
शरणार्थी प्रकरणमा प्रहरीले १३ जनालाई पक्राउ गरिसकेको छ । आइतबार साँझमात्रै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका थिए । उनलाई पनि म्याद थपको लागि सोमबार काठमाडौं जिल्ला अदालत लगिने छ ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० ११:४२