लेदोमा पुरिएका गाडी निकालिँदै
काठमाडौं—आइतबार रातिको वर्षापछि आएको बाढीले बीपी राजमार्ग अन्तर्रगत काभ्रे रोशी गाउँपालिकाको कालढुंगामा चारवटा गाडी पुरेको छ ।
गाडी लेदोमा पुरिए पनि चालक र यात्री सकुशल छन् । लेदो सडकमा जम्मा भएपछि बीपी राजमार्ग अवरुद्ध भएको थियो ।
लेदो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
तस्बिर : पृथ्वी भुजेलको फेसबुकबाट ।







प्रकाशित मिति: सोमबार, जेठ १, २०८० ११:२५



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






