२ साता मेलम्चीको पानी वितरण नहुने

सिन्धुपाल्चोक— मेलम्चीको पानी सोमबार (१ जेठ) बाट २ सातका लागि वितरण नहुने भएको छ ।
हेलम्बु– १ स्थित आयोजनाको मुहान तथा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले सोमबारबाट दुई हप्ताका लागि पानी वितरण बन्द भएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।
सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० १०:२०