भ्रष्टाचार निवारणसम्बन्धी विधेयक समितिमा पठाइँदै

काठमाडौं— भ्रष्टाचार निवारणसम्बन्धी संशोधन विधेयकलाई संसद्ले दफाबार छलफलका लागि समितिमा पठाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ लाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
नेकपा एमालले विधेयकलाई प्राथमिकतामा राखेर संशोधन प्रस्तावमाथि दफावार छलफल चलाउनुपर्ने बताएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० ०९:३१