News Griha :: न्यूजगृह
रिजाल भन्छन्– शरणार्थी प्रकरणका दोषीलाई देशद्रोहको मुद्दा चलाउनुपर्छ

काठमाडौं— नेकपा एमालेका नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि देशद्रोहको मुद्दा चलाउनुपर्ने बताएका छन् ।

एमाले प्रचार विभाग उपप्रमुख रहेका रिजालले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो देशका नागरिकहरूलाई जानाजान ठगेर देशलाई अन्तर्राष्ट्रिय रूपमा बदनाम गर्नेहरूमाथि देशद्रोहको मुद्दा चलाउनुपर्ने बताएका हुन् ।

‘नक्कली शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार त हुँदै हो । खासमा देशद्रोह हो । उप प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव जोसुकै होऊन, कानुनको नजरबाट बराबर साबित गर्नुपर्छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०८:४९
Weather Update