News Griha :: न्यूजगृह
वैदेशिक रोजगारीका पीडितले पाए क्षतिपूर्ति

तनहुँ— सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् ।

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा चालु आर्थिक वर्षमा दुई करोड ७१ लाख ९५ हजार पाँच सय ९१ रुपैयाँ क्षतिपूर्तिबापत प्राप्त गरेका हुन् ।

वैदेशिक रोजगारका क्रममा मृत्यु भएका, बेपत्ता भएका, ठगीएका र उद्धार गरिएका पीडितलाई सामी कार्यक्रमको समन्वयमा क्षतिपूर्तिबापतको रकम प्रदान गरिएको कार्यक्रमकी जिल्ला संयोजक लुना रानाले जानकारी दिइन् ।

व्यास नगरपालिकाका २३ जनालाई ३० लाख ७० हजार, भानु नगरपालिकाका पाँच जनालाई २१ लाख २५ हजार, शुक्लागण्डकी नगरपालिकाका चार जनालाई ५२ लाख २० हजार, म्याग्दे गाउँपालिकाका पाँच जनालाई ४७ लाख ७५ हजार, भिमाद नगरपालिकाका चार जनालाई ९१ लाख ६० हजार पाँच सय ९१, बन्दीपुर गाउँपालिकाका तीन जनालाई २२ लाख ५० हजार क्षतिपूर्ति रकम प्रदान गरिएको छ ।

देवघाट गाउँपालिकाका चार जनालाई तीन लाख ८० हजार, आँबुखैरेनी गाउँपालिकाका दुई जनालाई एक लाख ४० हजार, घिरिङ गाउँपालिकाका एक जनालाई एक लाख २५ हजार क्षतिपूर्ति प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १९ उजुरी दर्ता भएको थियो । त्यसमध्ये ५१ जनाको उजुरी समाधान भएको रानाले जानकारी दिइन् ।

उनका अनुसार व्यास नगरपालिकाका ५० उजुरीमध्ये ठगीका १७, मृत्युका दुई, बेपत्ताका १७, उद्धारका नौ र अन्य नौ रहेका छन् । भानु नगरपालिकाका १० उजुरीमध्ये ठगीका तीन, मृत्युका तीन, बेपत्ताका एक, उद्धारका एक र अन्य दुई रहेका छन् । शुक्लागण्डकी नगरपालिकाका १५ उजुरी रहेकामा ठगीका नौ, मृत्युका तीन, बेपत्ताका एक र अन्य दुई रहेका छन् ।

म्याग्दे गाउँपालिकाका १२ उजुरीमध्ये ठगीका चार, मृत्युका दुई, बेपत्ताका दुई, उद्धारका दुई र अन्य दुई रहेका छन् ।

भिमाद नगरपालिकाका आठ उजुरीमध्ये ठगीका दुई, मृत्युका चार, जेलका एक र अन्य एक रहेका छन् । बन्दीपुर गाउँपालिकाका ११ उजुरीमध्ये अन्य ११, देवघाट गाउँपालिकाका छ उजुरीमध्ये ठगीका एक, बेपत्ताका एक, उद्धारका एक र अन्य तीन रहेका छन् ।

घिरिङ गाउँपालिकाका तीन उजुरी रहेकामा मृत्यु दुई र अन्य एक, ऋषिङ गाउँपालिकाका दुई उजुरी रहेकामा ठगीका दुई तथा आँबुखैरेनी गाउँपालिकाका दुई उजुरी रहुकामा दुई ठगीका रहेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासन केन्द्रमा चालु आर्थिक वर्षमा ती उजुरी दर्ता भएका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०७:५४
Weather Update