रायमाझीलाई ल्याइयो काठमाडौं प्रहरी परिसरमा

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसरमा ल्याइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले रायमाझीलाई आइतबार साँझ काठमाडौंको बुढानिलकण्ठबाट नियन्त्रणमा लिएपछि प्रहरी परिसरमा ल्याएको हो ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएदेखि उनी फरार थिए । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० २१:३७