टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
नेकपा एमालेका नेता रायमाझी काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला अदालत काठमाडौंले रायमाझीविरुद्ध २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । उक्त दिनदेखि उनी फरार थिए ।
शरणार्थी प्रकरणको अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई २० वैशाखमा नै पक्राउ गरेको थियो ।
प्रहरीले शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनासँग बयान लिइरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० २०:५१