सम्पदाको हित विपरित कुनै सम्झौता गर्दैनौं : चिरिबाबु महर्जन

काठमाडौं— ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सम्पदाको हित विपरित कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित ललितपुर महानगरको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख महर्जनले सम्पदामा आफूहरूले राम्रो काम गरेको उल्लेख गर्दै सरकारको प्रोत्साहन आफूहरूसँग भएको बताए ।
उनले भने,‘हामी सम्पदाको लागि कुनै पनि कुरामा सम्झौता गर्दैनौं । हामीले राम्रो काम गरेको हुनाले प्रदेश सरकारले राम्रो तक्मा दिएको छ ।’
यसैगरी ललिपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बजगाईंले जनताको आवश्यकता र विचारको आधारमा महानगरले विकास तथा सुधार गर्न चाहेको बताइन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० १९:४८