News Griha :: न्यूजगृह
पहिरोले बाग्लुङ–कुश्मीशेरा सडक बन्द 

बाग्लुङ— वर्षापछि आएको बाढी र पहिरोका कारण बाग्लुङ–कुश्मीशेरा सडक बन्द भएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।

आइतबार दिउँसोदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो ।

वर्षापछि पहिरोले उक्त सडक अवरुद्ध भएको वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए । 

सदरमुकाम बाग्लुङ बजारदेखि बाग्लुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् । सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानले प्रयास गरिरहेका छन् ।

‘पहिरो अहिले नै हटाउन सम्भव नभएको बाग्लुङ नगरपालिकाले बताएको छ’,खड्का भन्छन्,‘भोलि दिउँसोको समयमा मात्रै पहिरो पन्छाउने काम हुनेछ ।’

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १९:३७
Weather Update