रक्सी खाएर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौं— ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा टोखाबाट प्रहरीले धनकुटाका ५५ वर्षीय निङमा शेर्पा पक्राउ परेका छन् ।
निङमालाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । निङमा दम्पती टोखा नगरपालिका– ८ मा डेरा गरी बस्थे । प्रहरीका अनुसार उनीहरू मादक पदार्थ सेवन गरिरहेका थिए । सोही क्रममा झैँझगडा हुँदा निङमालेमोतीमायामाथि कुटपिट गरे ।
कुटपिटबाट मोतीमायाको घटनास्थल मै मृत्यु भएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । शेर्पाविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० १४:०१