नक्कली भुटानी शरणार्थी प्रकरण
कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
अनुसन्धानको क्रममा शेर्पाविरुद्ध प्रमाण जुटेपछि प्रहरीले उनलाई पक्राउ गर्नका लागि अदालतबाट अनुमति पाएको हो ।शेर्पा दोस्रो संविधान सभाका सदस्य हुन् ।
शेर्पा खाणसँग नजिक भएका कांग्रेस नेता हुन् । कांग्रेस नेता खाण पक्राउ परेको घर यिनै शेर्पाको हो । खाण पक्राउ पर्नुपूर्व शेर्पाले प्रकरणमा सम्पूर्ण आरोपितहरूलाई भेटेर यो मुद्दामा खाण र आफूलाई नमुछ्न ‘लबिङ’ गरेका थिए । भित्रभित्रै यो प्रकरणमा आफूलाई बचाउन प्रयास गरेपनि शेर्पा असफल रहे ।
पक्राउ पुर्जी जारी भएपनि शेर्पा अहिलेसम्म प्रहरी नियन्त्रणमा आएका छैनन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० ११:३२