मौसम विभागले भन्यो– नेपालमा ‘मोखा’ चक्रवातको प्रभाव छैन

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा प्रभाव नरहने जनाएको छ ।
महाशाखाका अनुसार उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० ०९:२२