News Griha :: न्यूजगृह
आजको राशिफल

आज २०७९ साल चैत्र ६ गते सोमबार ।  पञ्चाङ्ग साध्य विष्टि/भद्रा शतभिषा, पाहाँचःह्रे । आज विश्व मुख स्वास्थ्य दिवस र अन्तर्राष्ट्रिय खुसी दिवस । 

मेष  

दिन राम्रो छ । प्रशन्नता मिल्नेछ । राजनीति, आर्थिक, सामाजिक क्षेत्र अब्बल रहनेछन् । प्रेममा सफलता मिल्नेछ ।

वृष

बोल्दा ख्याल गर्नुहोला । शिक्षाको क्षेत्रमा धेरै राम्रो छ । पठनपाठनमा जोश जागर बढ्नेछ । प्रेममा धोका पाइनेछ ।

मिथुन

 विजय प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ । प्रेममा गढबढ हुनेछ ।

कर्कट

हर्ष बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ । रोगबाट मुक्ति पाउने योग छ । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । प्रेममा सफलता मिल्नेछ ।

सिंह 

स्वास्थ्यमा सुधार हुनेछ । खुसी मिल्नेछ । धार्मिक क्षेत्रमा मन जानेछ । प्रेममा सफलता मिल्नेछ ।

कन्या

आज सुरु गरेको काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा राम्रो नतिजा प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा मन जानेछ ।

तुला

आयआर्जन बढ्नेछ । मनमा खुसी मिल्नेछ । आज सबै क्षेत्र यथास्थितीमा रहनेछ । सामाजिक क्षेत्रमा भने मानसम्मान मिल्ने योग रहेको छ ।

वृश्चिक

कर्म क्षेत्र अब्बल रहनेछ । रोगबाट मुक्त हुने सम्भावना छ । हनुमानलाई स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ ।

धनु

बोलीको प्रभावले साथीभाइ रिझाउन सक्नुहुनेछ । मानसम्मान बढ्नेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन् । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ ।

मकर

सोचेर मात्र बोल्नुपर्नेछ । दैनिकी आनन्दमय चल्नेछ । भूमीसम्बन्धी काम गर्ने हो भने सोचेभन्दा राम्रो उन्नती हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

कुम्भ

इष्टमित्रसँगको भेटले मन प्रशन्न हुनेछ । आफन्तबाट ठूलो सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । प्रेममा बाह्य हस्तक्षेप बढ्नेछ ।

मीन

आफन्तको सहयोग मिल्नेछ । अन्य क्षेत्र सामान्य रहे पनि व्यापार व्यवसायमा गरेको लगानीबाट उन्नती हुनेछ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०६:१६
Weather Update