News Griha :: न्यूजगृह
धवलागिरि हिमालमा बेपत्ताको शव सात महिनापछि भेटियो

म्याग्दी— धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । 

पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव शनिबार घटनास्थलबाट पोखरा हुँदै काठमाडौं लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए । 

346119181_743793400870179_5926481408984266900_n1683978208.jpg

‘गत असोज २० गतेदेखि बेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको छ,’ उनले भने, ‘नेपाली सेनाको हेलिकोप्टरले लामाको शव आजै काठमाडौँ लगेको छ ।’

346107220_786535619661697_4955953966477121439_n1683978272.jpg

शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन् । काठमाडौंको फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत विदेशी पर्यटक लिएर धवलागिरि आधार शिविर पुगेका लामा बेपत्ता भएका थिए । रासस

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १४:२३
Weather Update