ट्राफिक प्रहरीको लापसे चेकिङ : ७ जना नियन्त्रणमा

काठमाडौं— भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङमा लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा रामेछापका २९ वर्षीय वेद बहादुर राउत, भक्तपुरका २३ वर्षीय सुमित लासिवा, ओखलढुङ्गाका २० वर्षीय पारस खड्का, सिन्धुपालचोकका १९ वर्षीय सुमन काफ्ले, काभ्रेका २१ वर्षीय राज कुमार भन्ने सुदीप खड्का, सुनसरीका २४ वर्षीय शिशिर तामाङ र भक्तपुरका २९ वर्षीय सन्तोष खड्का छन् ।
उनीहरूलाई प्रहरी वृत्त जगातीमा राखिएको छ । ट्राफिक प्रहरीले शुक्रबार २० वटा सवारीका चालकमा लापसे जाँच गरेको थियो । जसमध्ये ७ जनाले लागूपदार्थ सेवन गरी सवारी चलाएको पाइएको हो ।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० १०:३५