News Griha :: न्यूजगृह
प्रहरीका २२ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं— नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक डीएसपी प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले राति अबेर सिफारिस सुची प्रकाशित गरेको हो । प्रकाशित सूची अनुसार डीएसपी गौतमकुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस भएका छन् ।

यस्तै, एसपीमा बढुवा सिफारिस हुनेमा बसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रूपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, र गोविन्दराज काफ्ले लगायत छन् ।

बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ । उजुरी नपरे बढुवा सिफारिस समितिको सूची लाई नै अनुमोदन गरिन्छ । 
हेर्नुहोस् सूची 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०६:३२
Weather Update