भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार नियन्त्रणका लागि अघि बढ्न खबरदारी गर्दै माओवादी सम्बद्ध जनवर्गीय संगठनहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
‘भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता र खबरदारी गर्रौं’ भन्दै माओवादी सम्बद्ध जनवर्गीय संगठनहरूले शुक्रबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरूले म माओवादी भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ, भ्रष्टाचारी मुर्दावाद, तपाईंहरूको दबाब सरकार सदनबाट, हाम्रो दबाब सडकबाट, अन्त्य गर्रौं भ्रष्टाचार लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
त्यस्तै प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचार नियन्त्रणमा खुट्टा नकमाउन र कुनै दबाबका कारण पछि नहट्न सरकारलाई सुझाव दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० १८:१६