News Griha :: न्यूजगृह
परराष्ट्रमन्त्री साउद बंगलादेश जाँदै  

काठमाडौं— परराष्ट्रमन्त्री एनपी साउद बंगलादेशको राजधानी ढाकामा हुने छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन त्यसतर्फ जाने भएका छन् ।

उनी शुक्रबार बिहान ११ बजे विमानबाट जान लागेका हुन् । उनको सचिवालयका अनुसार साउदले भारतीय विदेशमन्त्री एस जयशंकर र बंगलादेशी राष्ट्रपति शेख हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०९:०९
Weather Update