सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३० घाइते

सिन्धुपाल्चोक— चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
बिहीबार जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगेर उद्धार गरिएको छ । घाइतेको चौतारा अस्पतालमा उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० ०७:०७