News Griha :: न्यूजगृह
दैलेख डढेलोमा एकको मृत्यु, चारको अवस्था गम्भीर

दैलेख— दैलेखको आठबीस नगरपालिका–६, माल्या बुडा पहाडा सामुदायिक वनमा लागेको डढेलोमा परी गम्भीर घाइते भएका चार जनालाई बाँकेमा उपचारका लागि ल्याइएको थियो ।

तर उनीहरूको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बिहीबार नेपाली सेनाको स्काइ ट्रकबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए ।

काठमाडौं रिफर गरिएकामध्ये नवीन विक, नैनी विक, बसुन्धरा विक र जैकला विक छन् ।

बुधबार आगलागीमा परेका १० जनामध्ये आठ जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइएकामध्ये भैरव विकको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भइसकेको अस्पतालले जनाएको छ । 

अहिले नेपालगञ्जमा तीन जना उपचार भइरहेको छ । भेरी अस्पतालमा एक जना र मेडिकल कलेजमा दुई जनाको उपचार भइरहेको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बाटोमा काम गरिरहेका १० जना दैलेख जिल्लाको आठबीस–६ मा रहेको जङ्गलमा लागेको आगोमा परेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०६:५६
Weather Update