News Griha :: न्यूजगृह
शुक्रबार कस्तो रहला मौसम ?

काठमाडौं— शुक्रबार बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिउँसो कोशी, मधेस र बाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

कोशी प्रदेशका साथै बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

राति कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०६:३४
Weather Update