
काठमाडौं— चोरीको मोटरसाइकलसहित काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डाबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
घादिङको गल्छी गाउँपालिका–का ४ स्थायी घर भएका र हाल काठमाडौंको नैकाप बस्दै आएका ३२ वर्षीय राजेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बाग्मती प्रदेश ०३–००५ प ४४ ६८ नम्बर प्लेटलाई परिवर्तन गरी बाग्मती प्रदेश ०२–०३५ प ७७ ३० राखेर चलाइरहेको अवस्थामा मोटरसाइकलसहित लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लामालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।
२२० सिसीको पल्सर मोटरसाइकल काठमाडौंको सहयोगीनगरबाट गत कात्तिक २७ गते हराएको भन्दै कञ्चनपुरका कृष्ण धानुकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य भइरहेको बताउँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सवारी धनी पनि विशेष चनाखो हुनुपर्ने बताए ।