शरणार्थी प्रकरण
खाणलाई दरबारमार्गको प्रहरी कार्यालयमा राखिने

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा राखिने भएको छ ।
काठमाडौं प्रहरी परिसर टेकुले खाणलाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएपछि अदालतले खाणमाथि अनुसन्धान गर्न ४ दिन समय दिएको छ ।
अदालतको अनुमतिपछि प्रहरीले खाणलाई दरबारमार्गमा राख्ने तयारी गरेको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० २०:०७