नक्कली भुटानी शरणार्थी प्रकरणको सक्कली छानबिन होस् : बृहत् नागरिक आन्दोलन
काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाही गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।शरणार्थी प्रकरणको सक्कली छानबिन गर्नुपर्ने भन्दै बृहत् नागरिक आन्दोलनले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेको हो ।
उनीहरूले कसैको दबाबमा दोषीले उन्मुक्ति नपाउने गरी कारबाही गर्न माग गरेका छन् । बृहत् नागरिक आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन गरेको थियो ।
प्रदर्शनमा सहभागीहरूले हाम्रो कर मिलेर लुट्न बन्द गर, भ्रष्टाचारको पेटमा, मानव तस्करीको दश हात–टोपबहादुरलाई ओलीको साथ, शरणार्थीको प्रकरणको सक्कली छानबिन होस् लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १८:१२