News Griha :: न्यूजगृह
अन्नपूर्ण हिमालबाट तीन हजार ५६७ केजी फोहोर सङ्कलन

काठमाडौं—    नेपाली सेनाको अगुवाइमा सुरु भएको सफा हिमाल अभियानअन्तर्गत अन्नपूर्ण हिमाल सफाइ अभियान सम्पन्न भएको छ ।

क्याम्पेन लिडर सह सेनानी भीमबहादुर भुजेलको नेतृत्वमा खट्टिएको नेपाली सेनाको १० जना र शेर्पा सहयोगी सहितको टोली गत १५ चैतमा अन्नपूर्ण आधार शिविरको लागि प्रस्थान गरेको थियो ।

उक्त टोलीले अन्नपूर्ण आधार शिविर र माथिल्लो क्याम्पहरूबाट कुहिने एक हजार २१६ र नकुहिने दुई हजार ३५१ गरी तीन हजार ५६७ केजी फोहोर सङ्कलन गरेको थियो । संकलित फोहोरमध्ये कुहिने एक हजार २१६ केजी स्थानीय निकायलाई बुझाइएको छ । नकुहिने दुई हजार ३५१ गरी तीन हजार ५६७ केजी फोहोर बुधबार (२९ वैशाख)मा काठमाडौं ल्याइ फोहोर व्यवस्थापन कम्पनी क्रिएसन भेन्चर्स प्रालीका प्रतिनिधिलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ । 

अभियान १४ चैतबाट सुरु भएको थियो । अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोली कार्यसम्पादन गरेर आधार शिविरबाट फिर्ता भैसकेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १७:५८
Weather Update