News Griha :: न्यूजगृह
पेस्तोलसहित एक पक्राउ

नेपालगञ्ज— बाँकेको नेपालगञ्जबाट प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । 

नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा बर्दिया बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाललाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

उनको साथबाट मेडइन यूएसए लेखिएको एक राउन्ड गोलीसमेत बरामद भएको छ । रिजाललाई हातहतियार तथा खरखजना मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:३६
Weather Update