News Griha :: न्यूजगृह
पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अदालत लगियो

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ । 

प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई अपराह्न ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो । 

नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:१९
Weather Update