News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरण : तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीको अनुरोध

काठमाडौं— भुटानी शरणार्थी प्रकरणका विषयमा तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न नेपाल प्रहरीले सञ्चारमाध्यामसँग अनुरोध गरेको छ । 

कतिपय अनलाइन, छापा मिडिया तथा विभिन्न सामाजिक सञ्जालमा प्रहरीबाट अनुसन्धानका क्रममा रहेको भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपालीहरूलाई ठगी गरी सङ्गठित अपराध गरेको घटनाको विषयमा गलत, मनोगत र अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै नेपाल प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।  

प्रहरी प्रधान कार्यालयले बुधबार एक विज्ञप्ति जारी गरी यस्ता तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुन जाने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्नसक्ने भएकाले तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न, गराउन अनुरोध गरेको हो । 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:५३
Weather Update