News Griha :: न्यूजगृह
पूर्वगृहमन्त्री खाणलाई टेकु लगियो, आजै अदालतमा उभ्याइने

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका खाणलाई बुधबार बिहान मैजुवहालस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार खाणलाई प्रहरी परिसर टेकु लगिएको छ । उनीमाथि सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १०:२६
Weather Update