News Griha :: न्यूजगृह
कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शन, दश सुरक्षाकर्मी घाइते

झापा— कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै सुरु भएको दोस्रो चरणको आन्दोलनको पहिलो दिनमा झडप भएको छ ।

झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनले उग्र रूप लिएको छ । झडपको क्रममा प्रहरीले गोलीसमेत चलाएको छ । सो आन्दोलनमा परी दश जना प्रहरी र दुई जना प्रदर्शनकारी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापका अनुसार सो झडपमा परेर इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोजकुमार लामासहित दश सुरक्षाकर्मी घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ दुई जना घाइते भएका छन् ।

घाइते हुने प्रदर्शनकारीमा दीक्षा क्षेत्री र गजेन्द्र फागो रहेका छन् । दुवैतर्फको घाइतेको स्थानीय अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।

दमकको पश्चिम बस स्ट्याण्डबाट गणतन्त्र चोकतर्फ ठूलो संख्यामा प्रदर्शनकारीहरू मसालसहित सडकमा निस्किएका थिए । सुरक्षाकर्मीले प्रदर्शनकारीहरूले बोकेको मसाल खोस्न खोजेपछि स्थिति तनावग्रस्त बन्न पुगेको स्थानीयले जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०८:५०
Weather Update