रुपन्देहीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

बुटवल— रुपन्देहीको रोहिणी गाउँपालिकामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
रोहिणी–३ झुमा परासीस्थित सडकमा ना ८ ख २०९७ नम्बरको ट्रकले लु ७५ प ७६७६ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका मोटरसाइकल चालक ओमसतिया गाउँपालिका ५ तरैनी बस्ने २३ वर्षीय निराजन चौधरीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० ०५:५९