News Griha :: न्यूजगृह
कोशी प्रदेश नामकरणको विरोध प्रदर्शनका क्रममा झडप, सात घाइते

झापा— कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

मंगलबार साँझ झापाको दमकमा भएको झडपका क्रममा सात जना घाइते भएका छन् ।

झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार प्रहरीतर्फ पाँच जना र प्रदर्शनकारीतर्फ दुई जना गरी सात जना घाइते भएका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  २१:५१
Weather Update