News Griha :: न्यूजगृह

काठमाडौं— सशस्त्र प्रहरी बलले आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म छरछरे (बीओपी), चितवनको माडी नगरपालिकास्थित सशस्त्र प्रहरी बल, नेपालका बीओपीहरू, इलाका प्रशासन कार्यालय, स्थानीय प्रहरीलगायत अन्य सरोकारवाला निकायहरूको सहभागितामा सोही नगरपालिकाको संयोजकत्वमा मंगलबार आगलागी नियन्त्रणसम्बन्धी अभ्यास प्रर्दशन गरिएको हो ।

ग्याँस सिलिण्डर विष्फोट र कुनै पनि स्थानमा आगलागी भए त्यसको नियन्त्रणसम्बन्धी सशस्त्र प्रहरीले डेमोन्स्ट्रेशन गरेको थियो ।

कार्यक्रममा बाग्मती प्रदेशका सदस्य ठाकुर ढकाल, माडी नगरपालिकाका प्रमुख तारा कुमारी काजी महतोलगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  २१:३३
Weather Update