News Griha :: न्यूजगृह
२४ घण्टामा अढाइ करोड बढीको अवैध सामान बरामद 

काठमाडौं— सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रणलाई तीव्रता दिँदा २४ घण्टामा अढाइ करोड बढीको अवैध सामान तथा गाडी बरामद गरेको छ ।

सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान ८ बजेसम्म देशभरको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीका विभिन्न यूनिटले २ करोड ५६ लाख ८४ हजार ४ सय २ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो ।

जसमा कोशी प्रदेशका इलाम, झापा, मोरङ र सुनसरी जिल्लास्थित यूनिटले ४ लाख ८६ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

यसैगरी मधेस प्रदेशअन्तर्गत सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लास्थित यूनिटले २४ घण्टाको बीचमा २ करोड ३६ लाख २८ हजार ८ सय १२ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देही, कपिलबस्तु र बर्दिया जिल्लास्थित यूनिटले १० लाख ७६ हजार ५५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली र कञ्चनपुरले सोही अवधीमा ४ लाख ९२ हजार ९ सय ३५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

बरामद सामानमा भन्सार छलि र शंकास्पद कागजपत्र भएका ट्रक, हार्डवयरका सामान लत्ताकपडा कस्मेटिक सामान लगायत रहेका छन् । बरामद सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय तथा सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  २०:२७
Weather Update