विदेशबाट फर्किने नेपालीले २ वटा मोबाइल ल्याउन पाउने

काठमाडौं— विदेशबाट फर्किने नेपालीले अब २ थान मोबाइल ल्याउन पाउने भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ ।
सूचना तथा सञ्चारमन्त्रीसमेत रहेकी सरकारका प्रवक्त रेखा शर्माले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै एमडीएमएस प्रणाली लागु गर्ने र विदेशबाट फर्किने नेपालीले थप एक थान (प्रयोग गरिरहेको बाहेक) फोन ल्याउन दिने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय गरेको बताइन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० १८:५३