News Griha :: न्यूजगृह
पाल्पामा दुई शव फेला

पाल्पा— पाल्पामा झुन्डिएका अवस्थामा फरक–फरक ठाउँमा दुई शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुई वटा शव फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा र माथागढी गाउँपालिका–५ को सामुदायिक वनमा अर्को एक शव फेला परेको हो ।

दुवै शव सडेगलेको अवस्थामा फेला परेको तथा पोष्टमार्टम र थप अनुसन्धानका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । दुवैको पहिचान खुल्न सकेको छैन ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०७:३९
Weather Update