नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

मोरङ— नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ हाटखोला बस्ने २४ वर्षीय प्रवेश बस्नेत रहेका छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बेलबारी नगरपालिका–७ स्थित मकै बारीमा ती बालिकालाई पैसा दिन्छु भन्दै प्रलोभनमा पारी बस्नेतले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० २१:२४